Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बहराइनका राजपरिवारको टोली सगरमाथा आरोहणका लागि नेपाल आइपुग्यो

काठमाडौं । गत अक्टुबरमा लोबुचे पिक र मनास्लु हिमाल चढेको बहराइनका राजपरिवारको टोली सगरमाथा आरोहणका लागि नेपाल आइपुगेको छ ।

आज दिउँसो बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर राजपरिवारका सदस्य सेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली नेपाल आइपुगेको हो ।

आरोहण टोलीमा बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराहिनी र ३ जना बेलायती नागरिक रहेका छन् ।

यो टोलीले गोरखाको चुमनुब्री गाउँपालिकास्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्धको खोप समेत सहयोगस्वरुप ल्याएर आएको छ ।

टोली कम्तिमा ८० दिन नेपालमा रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077