Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक मंगलबार बस्नेगरी स्थगित

प्रतिनिधिसभा बैठक मंगलबार बस्नेगरी स्थगित

सोमवार , जेठ २५, २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार बस्नेगरी स्थगित भएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक झण्डै २ घण्टापछि करिब १ बजे बसेको थियो । तर विपक्षीहरुले पूर्ववर्ती माग अनुसार विरोध जनाएपछि केहीबेरमै बैठक स्थगित गरिएको थियो ।

विपक्षीहरुले नमानेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेट बैठक स्थगित गरेर छलफल गरिरहेका छन् । तर विपक्षीहरु आफ्नो मागबाट टसमस नहुँदा बैठक बस्न नसकेको हो ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै अब बैठक मंगलबार दिउँसो १ बजे बस्ने जनाएका छन् ।

केही समयअघि प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतको धेरै स्थानमा जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएसँगै विपक्षी दलहरु थप रुष्ट बनेका छन् ।

यस विषयमा छलफल गर्न आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहरदबारमा सर्वदलीय बैठक डाकेका थिए ।

उक्त बैठकमा सभापति लामिछानेले सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले बोल्ने प्रस्ताव राखेका थिए ।

यता विपक्षी दलहरूले उक्त प्रस्ताव ठाडै अस्वीकार गर्दै  प्रधानमन्त्री शाहले नै उक्त विषयमा संसद् बैठकमा पुगेर जवाफ दिनुपर्ने माग राखेका थिए । 

नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदमा विरोध जारी रहने उनीहरुको अडान छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077