Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक : आज पनि शोक प्रस्तावमा मात्र सीमित हुँदै

काठमाडौँ। आज बस्न लागेको प्रतिनिधिसभाको तेस्रो बैठक पनि शोक प्रस्ताव र बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयनमा सीमित हुने भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा शोक प्रस्ताव र बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन बाहेक कुनै कार्यसूची तय गरिएको छैन ।

प्रतिनिधिसभा पुनःस्थापनापछि बैठक आज तेस्रो पटक बस्न लागेको हो । यसअघि गत फागुन २३ र २६ गते प्रतिनिधिसभा बैठक बसेको थियो ।

यसअघि सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। अधिवेशन सुरु भएको पहिलो बैठकमै अध्यादेश पेश गर्नुपर्ने भए पनि प्रतिनिधिसभाको तेस्रो बैठकमा समेत सातवटा अध्यादेश पेश नहुने भएको छ ।

संसद नचलेका बेला सरकारले जारी गरेका आठवटा अध्यादेश प्रतिनिधिसभाको २३ गते बसेको पहिलो बैठकमै पेश हुनुपर्ने भए पनि मंगलबार बस्ने बैठकमा समेत पेश गर्न दलहरु तयार नभएका हुन् ।

प्रतिनिधिसभाको नियमावली कानुन सरह लागू हुने भए पनि सरकार र दलहरुले त्यसलाई उल्लंघन गरेका छन्। बाँकी सातवटा अध्यादेशबारे अन्योल सुरु भएको हो ।

पुनःस्थापित संसदको अविधेशन सुरु हुनुभन्दा अघि सरकारले जारी गरेका अध्यादेश संविधानको भावना र मर्मविपरीत भएको भन्दै कांग्रेसले २३ गतेको बैठक अवरोध गरेको थियो ।

त्यस्तै साविक नेकपाको प्रचण्ड-माधव नेपाल समूहले पनि केपी ओली नेतृत्वको सरकारले असार १८ गतेपछि जारी गरेका अध्यादेश लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको भन्दै विरोध जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077