Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैठक सकिने बित्तिकै संसद् भवन पुगे प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफैले आयोजना गरेको चियापान कार्यक्रमले गर्दा मंगलबार प्रतिनिधिसभाको बैठक छुटेको छ।

यसअघिको बैठकहरुमा समयमा बैठक सुरु नभएको भन्दै बाहिरिएका प्रधानमन्त्री ओली आजको बैठकमा भने बैठक सकिएपचि मात्र पुगेका छन्।

मंगलबार १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सभामुख अग्निप्रसाद सापकोटाले १ बजेर २ मिनेट जाँदा सञ्चालन गरेका थिए । आजको बैठकमा शोक प्रस्ताव पारित गर्ने र सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन मात्रै गर्ने कार्यसूची थियो । मंगलबारको बैठक ७ मिनेट मात्रै चलेको थियो । प्रधानमन्त्री ओली भने बैठक सकिनेबित्तिकै संसद् भवन पुगेका थिए ।

प्रधानमन्त्री मात्रै होइन, अधिकांश मन्त्रीहरु पनि बैठक सकिएपछि संसद् भवन पुगेका थिए ।

यद्दपी आजको बैैठकले तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव मात्र पारित गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवका निधनमा प्रस्तुत गरेको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । उनी विसं २०७० को संविधानसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बाँके क्षेत्र नं २ बाट निर्वाचित थिए । यादवको ७५ वर्षका उमेरमा गत माघ १ गते निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही चैत ६ गते अपराह्न १ बजे बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077