Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • म्यान्मारमा विरोध प्रदर्शनमा १९३ प्रदर्शनकारीको मृत्यु

    म्यान्मारमा विरोध प्रदर्शनमा १९३ प्रदर्शनकारीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ४ चैत्र २०७७
  • 3.6K
    SHARES

    एजेन्सी । म्यान्मारमा सैन्य कूको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर मंगलबारसम्म कम्तीमा १९३ जनाको मृत्यु भएको छ।

    सेनाले चलाएको गोली लागेर रंगुनको दक्षिणी क्षेत्रमा मंगलबार थप एक जनाको मृत्यु भएको थियो । प्रदर्शनकारी माथि प्रहरीले अन्धाधुन्ध गोली चलाएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



    सेनाको गोली लागेर आइतबार एकै दिन ६३ जनाको मृत्यु भएको थियो। आइतबार र सोमबारको हिंसात्मक आन्दोलनपछि रंगुन लगायतका क्षेत्रमा सैन्य कानून लागू भएको छ। म्यान्मारमा सेनाले सत्ता हातमा लिएपछि गत महिनादेखि हिंसात्मक प्रदर्शन भइरहेको छ।



    प्रदर्शनकारीले सैन्य हिरासतमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको रिहाईको माग गरिरहेका छन्। सेनाले गत फेब्रुअरी १ तारिखमा सत्ता कब्जा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार