Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी । स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई स्तब्ध पारेर इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले एथ्लेटिको मड्रिडलाई २–० गोलले पराजित गरेर समग्रमा ३–० गोलको जितसहित क्वाटरफाइनलमा स्थान बनाएको हो ।

पहिलो लेगमा चेल्सी १–० गोलले विजयी भएको थियो । बुधबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा चेल्सीका लागि ३४ औँ मिनेटमा जियच र इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा एमर्सनले गोल गरे ।

एथ्लेटिको मड्रिडका साभिक ८१ औँ मिनेटमा सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077