Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चार लाख घुससहित महानगरपालिकाका वडा सचिव पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सचिव (अधिकृत छैठौं तह) मा कार्यरत भरतबहादुर पोखरेललाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

सचिव पोखरेलले निर्माण कार्य सम्पन्न गरे पश्चात विल भुक्तानी दिएबापत सेवाग्राहीसँग रकम माग गरेको भन्ने सूचना तथा उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले ४ लाख घुससहित पक्राउ गरेको हो ।

आयोगका अनुसार पोखरेलले सेवाग्राहीबाट ४ लाख रुपैयाँ अतिरिक्त रकम लिईसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077