Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बोहोराटारमा पौडेल पक्षको बैठक

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय प्रमुख नेतालाई आफ्नो निवासमा बोलाएका छन् ।

पौडेलले आफ्नो निवास बोहोराटारमा आज दिउँसो एक बजेका लागि आफू पक्षीय नेताहरुलाई बोलाएका हुन् ।

पौडेलले, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल लगायतका नेतालाई बोलाएका छन् ।

पार्टीको महाधिवेशनको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने नेता महतले जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प दिन अग्रसरता नलिएको भन्दै पौडेल पक्ष असन्तुष्ट रहेको छ ।

तर पौडेलले यसका लागि पनि काँग्रेसले अग्रसरता दिनुपर्ने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077