Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चिनियाँ राजदूत यान्छी फेरी सक्रिय, प्रचण्डसँग ५० मिनेट वार्ता

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी फेरी सक्रिय बनेर राजनीतिक भेटघाटलाई तिब्रता दिएकी छन्।

राजदूत यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेकी छन् । राजदूत यान्छीले सोमबार बिहान ९ बजे दाहाल निवास खुमलटार पुगेर भेट गरेकी हुन् ।

स्रोतका अनुसार यान्छी  खुमलटारबाट  झन्डै १० बजे बाहिरिएकी थिइन् ।

उनले करिब ५० मिनेट प्रचण्डसँग राजनीतिक विषयमा कुराकानी गरेकी  थिइन ।

स्रोतका अनुसार प्रचण्ड र राजदूत यान्छीबीच पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको छ ।

विगतमा तत्कालीन नेकपामा विवाद हुँदा उनको सक्रियता बढ्ने गरेको थियो । फागुन २३ गते अदालतले एमाले र माओवादीबीचको एकता बदर गरिदिएपछि राजदूत यान्छीले प्रचण्डसँग पहिलोपटक भेटेकी हुन् ।

एक स्रोतका अनुसार केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब दिन यान्छी प्रचण्डलाई भेट्न खुमलटार पुगेकी हुन ।

कम्युनिष्ट सरकारलाई हटाउन नहुने भन्दै यान्छीले लबिङ गरिरहेको स्रोतले वतायो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077