Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • म्यानमारमा सुरक्षाकर्मीको गोलीबाट सात वर्षीया बालिकाको ज्यान गयो

    म्यानमारमा सुरक्षाकर्मीको गोलीबाट सात वर्षीया बालिकाको ज्यान गयो

    अनलाइन नेपाल
  • बुधबार, ११ चैत्र २०७७
  • 2.1K
    SHARES

    एजेन्सी । म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ ।

    प्रदर्शनको क्रममा सुरक्षाकर्मीको गोली लागी मान्डली शहरको आफ्नो घरमै रहेकी खिन मिओ चितको मृत्यु भएको बिबिसीले जनाएको छ । सुरक्षाकर्मीले उनका बुबालाई लक्षित गरेर प्रहार गरेको गोली नजिकै बसिरहेकी बालिकालाई लागेको बताइएको छ ।



    सुरक्षाकर्मीले उनका दाजुलाई समेत पक्राउ गरेको छ । प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीबाट हालसम्म कम्तीमा २० बालबालिकाको ज्यान गएको सेभ द चिल्ड्रेनले जनाएको छ ।



    अहिलेसम्म १६४ जना प्रदर्शनकारीको ज्यान गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार