Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संक्रमण उच्च भएमा लकडाउन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

काठमाडौँ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमण रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएको छ ।

बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सहप्रवक्ता डा समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड गर्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको बताए ।

अधिकारीले भने, ‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ ।’

उनले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेका छन् ।

पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भिडभाड बढेको देखिन्छ ।

यसअघि नै मन्त्रालयले बिज्ञप्ति जारी गरेर स्वास्थ्य मापदण्ड पालाना गर्न आग्रह गरेको छ। साथै, आज गृहमन्त्रालयले पनि देशभरका सबै जिल्ला प्रशासनमा पत्राचार गरि क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

पछिल्ला केही दिनहरुमा १५० को हारहारीमा संक्रमित थपिदै गएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077