काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी फेरी सक्रिय बनेर राजनीतिक भेटघाटलाई तिब्रता दिएकी छन् ।
गत सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई खुमलटार पुगेर भेटेकी राजदूत यान्छीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालसँग भेट गरेकी छन्।
सिंहदवरास्थित रिमालको कार्य कक्षमा सो भेटवार्ता भएको हो । भेटमा के कुरा भयो भन्नेबारे दुबै पक्षले केही जानकारी दिएका छैनन्।
स्रोतका अनुसार रिमाल र राजदूत यान्छीबीच पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको छ ।
विगतमा तत्कालीन नेकपामा विवाद हुँदा उनको सक्रियता बढ्ने गरेको थियो । फागुन २३ गते अदालतले एमाले र माओवादीबीचको एकता बदर गरिदिएपछि राजदूत यान्छीले सक्रियता बढाएकी हुन्।