Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • लक्षणसहितका कोरोना संक्रमित अस्पताल भर्ना हुन थाले

    लक्षणसहितका कोरोना संक्रमित अस्पताल भर्ना हुन थाले

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 1.4K
    SHARES

    काठमाडौं । छिमेकी देश भारतमा कोरोना महामारीको दोस्रो लहर चलेपछि नेपालमा पनि जोखिम बढेको छ ।

    नेपालमा दिनुहँ कोरोना संक्रमितको दर बढ्दै गएको छ । साता अघि संक्रमितको दर मश्किलले एक सय पुग्ने गरेकामा अहिले उक्त संख्या ह्वात्तै बढेको छ । बुधबार ३ हजार ९६३ नमुना परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भएको छ ।



    काठमाडौँका अस्पतालहरुमा संक्रमति भर्ना हुने क्रम बढ्दै गएको छ । अस्पतालहरुका अनुसार परिक्षणका क्रममा संक्रमण दर बढेको पाइएको छ । संक्रमण दर अहिले १८ प्रतिशत पुगेको छ ।



    टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लक्षणसहितका संक्रमित भर्ना हुन थालेका छन् । त्यहाँ संक्रमणदर २० प्रतिशत नाघेको चिकित्सकले बताएका छन् ।

    पाटन अस्पताल र बलम्बुस्थित एपीएफ अस्पतालमा पनि बिरामी बढ्न थालेका छन् । परिक्षण गराउन आउनेको संख्यामा ह्वात्तै वृद्धि भएपछि अवस्था पहिलाकै जस्तै हुने हो की भनेर सर्वसाधारणमा त्रास बढेको छ ।

    भारतमा दुई साता अघि संक्रमितको संख्या १० हजार थियो । अहिले उक्त दर बढेर ४७ हजार नाघेको छ । नेपालमा पनि अबका केही हप्ता संक्रमणको संख्या बढ्दै जाने देखिन्छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार