Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • छनोट चरणमा बेल्जियम विजयी

    छनोट चरणमा बेल्जियम विजयी

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 1.7K
    SHARES

    एजेन्सी । विश्व बरियतामा शीर्ष स्थानमा रहेको बेल्जियमले विश्वकप फुटबल २०२२ को छनोट चरणको सुरुवात जितका साथ गरेको छ ।

    युरोपेली क्षेत्रको छनौट चरण अन्तर्गत बुधबार राति भएको आफ्नो पहिलो खेलमा समूह ई मा रहेको बेल्जियमले वेल्सलाई ३–१ गोलले पराजित गरेको हो ।



    घरेलु मैदानमा भएको खेलमा बेल्जिमयका लागि २२ औँ मिनेटमा केविन डी ब्रूयना, २८ औँ मिनेटमा थोर्गन हजार्ड र ७३ औँ मिनेटमा पाएको पेनाल्टीमा रामेलु लुकाकुले गोल गरे ।



    वेल्सका लागि १० औँ मिनेटमा ह्यारी विल्सनले गोल गरि सुरुवाति अग्रता दिलाएका थिए । विल्सनको गोलबाट लिएको अग्रता वेल्सले जोगाउन सकेन र हार स्वीकार गर्न बाध्य भयो । विल्सनको गोलका लागि ग्यारेथ बेलले सहयोग गरेका थिए ।

    समूह ई अन्तर्गत बुधबार राति नै भएको अर्को खेलमा चेक गणतन्त्रले इस्टोनियालाई ६–२ गोलले पराजित गरेको छ ।

    यस्तै समूह जी अन्तर्गतको खेलमा टर्कीले नेदरल्याण्डसलाई ४–२ गोलले, मोन्टेनेग्रोले लात्भियालाई २–१ गोलले तथा नर्वेले जिब्रालटारलाई ३–० गोलले पराजित गरेका छन् । यसैगरि समूह एच अन्तर्गत भएको खेलमा रुसले माल्टालाई ३–१ गोलले तथा स्लोभेनियाले क्रोएसियालाई १–० गोलले पराजित गरेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार