Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नेपालले आज किर्गिस्तानसँग खेल्दै

    नेपालले आज किर्गिस्तानसँग खेल्दै

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 2.2K
    SHARES

    काठमाडौँ । त्रिदेशीय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत नेपाली टोलीले आज किर्गिस्तानको २३ वर्षमुनिको टोलीसँग प्रतिस्पर्धा गर्दैछ । खेल बेलुका साढे ५ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।

    त्रिदेशीय प्रतिस्पर्धामा यो नेपालको पहिलो खेल हो । नेपालले शनिबार बंगलादेशसँग खेल्ने छ । बंगलादेशले पहिलो खेलमा मंगलबार किर्गिस्तानलार्य १–० ले पराजित गरेको थियो ।



    बिहीबार हुने खेलमा नेपाली टोलीको कप्तानी किरण चेमजोङ्गले गर्ने छन् ।



    नेपाली टिममा गोलरक्षकमा चेमजोङ्गसहित बिकेश कुथु र दीप कार्की, रक्षा पंक्तिमा रन्जीत धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ छन् ।

    मिडफिल्डमा त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, अरिक बिष्ट, संजोग राई, विशाल राई, सुनिल बल र रवि शंकर पासवान तथा फरवाडमा अन्जद बिष्ट, दर्शन गुरुङ, अभिशेक रिजाल र भरत खवास छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार