Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • छलफलका लागि व्यापारीको घर नै किन रोज्छन् नेताहरु ?

    छलफलका लागि व्यापारीको घर नै किन रोज्छन् नेताहरु ?

    लगातार दोस्रो दिन प्रचण्ड र नेपाल व्यापारीको घरमा छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 2.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै एक भएका तत्कालीन नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै अलग हुन पुगेका थिए ।

    प्रधानमन्त्री ओलीको प्रतिगमनकारी शैलीलाई परास्त गर्ने भन्दै एकजुट भएर लागिपरेका प्रचण्ड र नेपाल सर्वोच्चको फैसलापछि अलग हुन बाध्य भएका हुन् ।



    यतिबेला, प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष हुन् भने नेपाल एमालेका बरिष्ठ नेता ।



    तर उनीहरु पार्टी विभाजन भएपनि भेटघाटमा ब्यस्त रहेको स्रोतले बताएको छ।

    यस्तैमा हिजो कोटेश्वरस्थित व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा प्रचण्ड, नेपाल र नारायणकाजी श्रेष्ठसहितको बैठक बसेको थियो । सो बैठकपछि नेपालले ओलीमाथि १३ बुँदे प्रश्नसहितको स्पष्टीकरण पठाएका थिए ।

    त्यस्तै, आज बिहान अर्का व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा बिहान साढे ८ बजेदेखि दुई घण्टाभन्दा बढी प्रचण्ड र नेपालबीच छलफल भएको स्रोतले जनाएको छ ।

    पार्टी अध्यक्षसँग असन्तुष्ट रहदै आएका नेपाल पछिल्लो समय प्रचण्डसँग व्यस्त हुनुलाई गम्भीरताका साथ हेरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार