Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिपक्ष भनेको वेटिङ गभर्मेन्ट र त्यसको नेता वेटिङ प्राइमिनिस्टर हो : रामचन्द्र पौडेल

मोरङ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस प्रतिपक्ष पार्टी रहेको दोहोर्याएका छन् ।

शुक्रबार पार्टीका नेता अशोक कोइरालाको श्रद्धाञ्जली सभामा सहभागी हुन् विराटनगर पुगेका नेता पौडेलले पत्रकारहरुसँग कुरा गर्दै  प्रतिपक्ष भनेको वेटिङ गभर्मेन्ट र प्रतिपक्षको नेता वेटिङ प्राइमिनिस्टर भएको बताएका हुन् ।

नेता पौडेलले वर्तमान समयमा काङ्ग्रेसलाई सत्तामात्र नभई केपी शर्मा ओलीको विकल्प चाहिएको बताएका छन् ।  हामी नेमकिपाजस्तो सत्तालाई छुँदै नछुने, सत्तामा जाँदै नजाने भन्ने पार्टी होइनौँ’, उनले भने, ‘हामी सत्तामा जाने राजनीति गर्छौं। सत्तामा जान पाएनौँ भने उपयुक्त विकल्प दिन्छौँ।’

उनले सबै विपक्षी दल एक ठाउँमा बसेर, छलफलर गरेर केपी ओलीको विकल्प दिन सकिने विश्वास प्रकट गरे। उनले अन्तरपार्टी छलफल भइरहेको जानकारी दिए।

नेता पौडेलले वर्तमान समयमा काङ्ग्रेसलाई सत्तामात्र नभई केपी शर्मा ओलीको विकल्प चाहिएको बताएका छन्। तर हामी नेमकिपाजस्तो सत्तालाई छुँदै नछुने, सत्तामा जाँदै नजाने पार्टी होइनौँ’, उनले भने, ‘हामी सत्तामा जाने राजनीति गर्छौं। सत्तामा जान पाएनौँ भने उपयुक्त विकल्प दिन्छौँ।’

उनले सबै विपक्षी दल एक ठाउँमा बसेर, छलफलर गरेर केपी ओलीको विकल्प दिन सकिने विश्वास प्रकट गरे।

नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवासँग पनि छलफल चलिरहेको र मुलुकलाई छिट्टै निकास दिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077