Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सार्वजनिक सवारी साधन कोरोना नियन्त्रणको माध्यम बन्ला ? प्रशासनले भन्यो - स्वास्थ्य मापदण्ड पालना गरौँ

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि नियन्त्रणका तथा रोकथामका लागि काठमाडौंमा सार्वजनिक यातायात क्षेत्रमा फेरि कडाइ गरिने भएको छ।

आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरूबीच भएको छलफलमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्ने निर्णय गरिएको हो।

सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरू राख्ने, भौतिक दुरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको स्रोतले बताएको छ ।

छिमेकी देश भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएकाले नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्व सावधानी अपनाउयस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077