Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोरोना अपडेट : हिजो भन्दा बढी थपिए संक्रमित, मृतकको संख्या चार

काठमाडौँ। नेपालमा शुक्रबार  कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या चार रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ०२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १५६ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ७७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ ।

यस्तै, हिजो नेपालमा १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077