Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फरार अभियुक्त अमेरिकन पेस्तोलसहित पक्राउ, गहना पोखरीमा के योजना बनाउँदै थिए ?

काठमाडौ । सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले  काठमाडौंको गहना पोखरीबाट चैत्र १४ गते दिउँसो मेडईन यूएसए लेखिएको ९ मिमि पेस्तोल एक थानसहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्रको टोलीले पाँच वटा गोली म्याग्जिनमा लोडेड रहेको अवस्थामा बरामद गरेको हो।

पक्राउ पर्नेहरुमा काभ्रे जिल्लाको रोशी गाउँपालिका ३ शिखर अम्बोटे घर भई काठमाडौंको जडिबुटि बस्ने कोटे लामा र सोही जिल्लाको नवबुद्ध नगरपालिका ११ घर भई जडिबुटि बस्ने अनन्त तामाङ्ग छन् ।

पक्राउ परेका कोटे लामा २०७४ सालदेखि फरार अभियुक्त रहेको खुलेको छ ।

एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सुचनाको आधारमा खटिएको  टोलीले पक्राउ परेका दुवै जनालाई बरामद थान एक पेस्तोल, सोको थान एक म्याग्जिन, सोको पाँच वटा गोली तथा दुई थान मोवाईल सेट र कागजातसहित आवश्यक अनुसन्धान तथा कारवाहीको लागि पक्राउ परेको ठाउँबाटै महानगरीय प्रहरी बिट मालिगाउँबाट खटिएका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालको टोलीलाई बुझाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077