Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री ओली थ्री नेशन्स कपको फाइनल हेर्न रंगशाला जाने

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली थ्री नेशन्स कप फुटबलको फाइनल खेल हेर्न दशरथ रंगशाला जाने भएका छन्।

फाइनलमा आज बंगलादेश र नेपाल भिड्दै छन्। खेल साँझ साढे पाँच बजेबाट सुरु हुने छ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा)को निमन्त्रणालाई स्वीकार्दै प्रधानमन्त्री ओली आजको फाइनल खेल हेर्न रंगशाला जान लागेका हुन्।

खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला जाने बताईएको छ।

ओलीको साथमा सुवास नेम्वाङ लगायतका नेता र केही मन्त्री पनि सहभागि हुने सचेतक भट्टराईले जानकारी दिए ।

यसअघिको पहिलो खेलमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि खेल हेर्न रंगशाला पुगेका थिए।

लिग चरणमा दुई बराबरी खेलेको नेपाल र एक जित तथा एक बराबरी खेलेर बंगलादेशले फाइनलमा स्थान बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077