Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

छोरी पढाउन भनेर मागेको पैसा नदिएपछि सर्वोच्च परिसरमा दुई अधिवक्ताबीच कुटाकुट

काठमाडौं। सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच हात हालाहाल (कुटाकुट) भएको छ।

अदालत परिसरमा आज दिउँसो अधिवक्ता किरण जोशी र प्रमोद गुप्ताबीच कुटाकुट भएको हो।

सर्वोच्च अदालत र नेपाल बार एशोसिएसनको गेटमा दुई जनाबीच व्यक्तिगत लेनदेनको विषयमा कुटाकुट भएको हो।

गुप्ताले जोशीबाट पाँच वर्षअघि एक लाख रुपैयाँ लिएको र त्यही रकमको विषयमा कुटाकुट भएको खुलेको छ ।

अधिवक्ता जोशीले पैसा मागेपछि दुईबीच हात हालाहाल भएको थियो । जोशीको मुखमा चोट लागेको छ। अधिवक्ता जोशीले पटक पटक पैसा माग्दा पनि गुप्ताले नदिएको बताए ।

'मिल्ने साथी भनेर पैसा दिएको थिएँ । छोरी पढाउन भनेर मागेको थियो । मुद्दा मामिला केही गरेको छैन । अस्ति नगरपालिकामा भेट्दा पनि भागेको थियो । आज भेट भएर माग्दा झगडा गरेर गयो,'अधिवक्ता जोशीले भने।

घटनापछि चोट लागेका जोशी प्रहरी कहाँ पुगेका छन् भने गुप्ताले भने केही बोल्न चाहेनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077