Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • छुट्न भन्दा जुट्नतिर लाग्दै प्रचण्ड-माधव, आज फेरि २ घण्टा भेटवार्ता

    छुट्न भन्दा जुट्नतिर लाग्दै प्रचण्ड-माधव, आज फेरि २ घण्टा भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 2.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    आज दिउँसो कोटेश्वरस्थित व्यापारी टपिन्द्र तिम्सिनाको घरमा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच करिव २ घण्टा भेटवार्ता भएको हो ।



    भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दुवै नेता निकट श्रोतहरुले बताएका छन् ।



    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि एमाले नेता नेपाल पक्ष र प्रचण्ड पक्षले त्यसविरुद्ध आन्दोलन गरेका थिए ।

    नेकपा एमाले विभाजनको डिलमा पुगेका बेला र माओवादी केन्द्रले नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारीमा रहँदा उनीहरूबीच लगातारजसो भइरहेको छलफललाई अर्थपूर्णरूपमा हेरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार