Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा १७९ संक्रमित थपिए

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर  १७९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ६४० पुगेको छ ।

यस्तै, बितेको २४ घण्टामा १११ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ७२ हजार ९६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार  कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको शुन्य  रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ०३१ रहेको  छ ।

आज ३ हजार ५ सय ६५ जनाको पिसिआर परिक्षण गरिएको थियो।

यस्तै, हिजो नेपालमा १५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077