Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • धुर्बे हात्तीका कारण चितवनमा फेरि उत्पात

    धुर्बे हात्तीका कारण चितवनमा फेरि उत्पात

    अनलाइन नेपाल
  • शनिबार, २१ चैत्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जबाट एक समय हराएको जङ्गली धुर्बे हात्ती अहिले निकुञ्जमा नै सक्रिय छ।

    २०६६ देखि २०६९ सालसम्म निकै ुदुस्खु दिएको धुर्बे हात्तीले त्यतिखेर चार वर्षमा १५ जनाको ज्यान लिएको थियो।



    सारै दुस्ख दिएपछि सरकारले धुर्बे हात्ती मार्न भनेर १६ लाख रुपैयाँसम्म खर्च गरेको थियो।



    सरकारको निर्देशनअनुसार सेनाले कैयौँ पटक कोसिस गरे पनि धुर्बे हात्तीलाई मार्न सकेन।त्यसपछि दुई वर्ष जति हराएको धुर्बे हात्ती पुनस् निकुञ्जमा देखा परेको तर शान्त रहेको चितवन राष्ट्रिय निकुञ्जका पूर्व सहायक वार्डेन बेदबहादुर खड्काले बताए।

    ‘निकुञ्जमा देखापरे पनि त्यसयता सो हात्ती कसैलाई आक्रमण गर्न गाउँतिर गएको थिएन’ चितवन राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बरालले बताए।करिब ४० वटा हात्ती र दुई सयजना गणक प्राविधिकहरूको सहभागितामा गैँडा गणना भइरहेको छ।

    निकुञ्जका सहायक वार्डेन लोकेन्द्र अधिकारीका अनुसार गैँडा गणनाको ११ ‍औँ दिनमा हात्तीमा गएका गणकहरू घाइते हुनुको कारण धुर्बे हात्ती बन्न पुगेको छ।

    निकुञ्जको गैँडाखासाको पूर्वी भागमा एक्कासी धुर्बे हात्ती देखापर्दा घरपालुवा हात्तीहरू तर्सिएर भाग्न खोजेका थिए। सोही क्रममा गणकहरु घाइते भएको गणनामा सहभागी डाक्टर आशिष गुरुङले बताए।

    उक्त स्थानमा पुग्दा हात्तीको लाइन बिग्रिएको र हात्ती मिलाउने क्रममा जङ्गली धुर्बे हात्ती देखापरेको थियो। लगत्तै अरू हात्तीहरू अत्तालिएर भाग्दा तिनमा सवार गणकहरू खसेर अनि झाडीमा घिसारिएर घाइते हुन पुगेको उनले बताए।

    त्यसक्रममा प्रकृति संरक्षण कोषका बिनोद श्रेष्ठ हात्तीबाट खसेर गम्भीर घाइते भएपछि उपचारको लागि उनलाई हेलिकप्टरबाट काठमाण्डू पुर्‍याइएको छ।

    चितवनमा करिब ५० देखि ६० वटा जङ्गली हात्ती रहेको अनुमान छ। – बिबिसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार