Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आहा रारा गोल्डकप : एपीएफ सेमिफाइनलमा

    आहा रारा गोल्डकप : एपीएफ सेमिफाइनलमा

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 1.7K
    SHARES

    पोखरा । विभागीय टिम एपीएफ क्लब १९औँ संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    पोखरा रंगशालामा शनिबार भएको खेलमा आयोजक सहारा क्लब पोखरालाई एक शुन्य गोलअन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो ।



    एपीएफलाई जित दिलाउन आशिष लामाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८७ औं मिनेटमा आशिषले निर्णायक गोल गरे ।



    प्रदिप लामाको पासमा डिबक्स भित्रबाट आशिषले उत्कृष्ट लेफ्ट फुटेट गोल गरेका थिए । सहिद स्मारक ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता आशिषको प्रहार सहाराका गोलकिपर दीप कार्कीले ठम्याउन सकेनन् ।

    आशिष खेलको म्यान अफ दि म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत आइतबार मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ ।

    प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रतियोगिता अघि आयोजक सहाराले राष्ट्रिय टिमका सदस्य अभिषेक रिजाललाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सम्मानित गरेको थियो ।

    स्ट्राइकर अभिषेकलाई सहाराले ३५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार