Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नयाँ सरकार बनाउन सहमती जुट्दै

    नयाँ सरकार बनाउन सहमती जुट्दै

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अपौचारिक निर्णय गरेसँगै नयाँ सरकार बनाउन सहमती जुटाउने काम सुरु भएको छ ।

    कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नयाँ सरकार गठनको अर्को दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र जसपा नेताहरुसँग संवाद थालेका छन् ।



    दाहालले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंहलगायत नेताहरुसँग संवाद गरेका छन् , नयाँ सरकार गठनबारे ठोस र औपचारिक छलफलका लागि दाहालले कांग्रेस नेताहरुसँग प्रस्ताव गरेका हुन् ।



    संवाद अघि बढाउनकै लागि प्रचण्ड हतारहतार कपिलवस्तुबाट काठमाडौं फर्केका छन् । अबको राजनीति जनता समाजवादी पार्टीको निर्णयमा भर पर्नेछ ।

    जसपाले गर्ने निर्णयले नै नयाँ सरकार गठनको बाटो खुल्ने छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार