Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेइमारलाई रातो कार्ड

    नेइमारलाई रातो कार्ड

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 1.4K
    SHARES

    एजेन्सी । फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) शीर्ष स्थानको लिलेसँग पराजित भयो ।

    घरेलु मैदानमा भएको खेलमा पिएसजी लिलेसँग १–० ले स्तब्ध भएको हो । लिलेको जितमा २० औँ मिनेटमा डेविडले गरेको गोल नै निर्णायक बन्यो ।



    जितपछि शीर्ष स्थानको लिलेको ३१ खेलबाट ६६ अंक भएको छ । दोस्रो स्थानको पिएसजीको ६३ अंक छ ।



    तर यो खेल लिलेको जित भन्दा पनि अन्तिम समयमा भएको विवादका कारण चर्चामा छ । खेलको ९० औँ मिनेटमा नेइमारले रातो कार्ड पाए ।

    उनी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिन बाध्य भए । लिलेका टिएगो जालोलाई धकेलेका कारण नेइमारले रातो कार्ड पाएका हुन् । विवादमा सामेल भएका लिलेका जालोले पनि रातो कार्ड पाए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार