Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • फ्रान्समा पुनः लकडाउन

    फ्रान्समा पुनः लकडाउन

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 1.4K
    SHARES

    एजेन्सी । फ्रान्समा तेस्रोपटक लकडाउन भएको छ । कोरोना भाइरस महामारीको तेस्रो लहरको सामना गरिरहेको फ्रान्समा संक्रमण नियन्त्रणको प्रयास स्वरुप तेस्रोपटक लकडाउन भएको हो ।

    पछिल्ला दिनमा संक्रमण तथा गम्भीर बिरामीको संख्या तीव्र गतिमा बढ्दा अस्पतालहरुमा आइसियू तथा शैय्याहरुको अभाव हुन थालेको छ ।



    नयाँ लकडाउन अनुसार चार हप्ताका लागि सबै विद्यालय तथा अत्यावश्यक बाहेकका पसल बन्द हुने छन् । यस्तै बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागु हुनेछ ।



    शुक्रबार कोभिड–१९ का गम्भीर बिरामीको संख्या आइसियूमा १४५ ले थपियो । यो पछिल्लो पाँच महिना यताकै सबैभन्दा धेरै हो ।

    राष्ट्रपति इम्यानुएल म्याक्रोँले अस्पतालहरुलाई कोभिड–१९ का बिरामीका लागि थप शैय्या उपलब्ध गराउने बताएका छन् ।

    फ्रान्समा अहिले झण्डै पाँच हजार मानिस आइसियुमा छन् । शुक्रबार एकै दिन ४६ हजार ६७७ जनामा संक्रमण पुष्टि भयो भने ३०४ जनाको ज्यान गयो ।

    लकडाउन अन्तर्गत शनिबारदेखि मंगलबारसम्म १० किलोमिटर भन्दा परको यात्राका लागि मानिसहरुले उपयुक्त कारण प्रस्तुत गर्नु पर्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार