काठमाडौँ। इलाका प्रहरी कार्यालय फर्पिङले ग्यासको सिलिण्डर भित्र लागूऔषध ल्याउने २ जनालाई पक्राउ गरेको छ।
गत शुक्रबार साँझ विरगंजबाट काठमाडौ आउँदै गरेको बा ३७ प ७१३७ मोटरसाइकलमा सवार दुई जनाले ग्यासको सिलिण्डर भित्र अबैध लागूऔषध ल्याउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट अबैध लागूऔषधहरु फेनरागन, डाईजपाम र निर्फिन ठुलो मात्रामा बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरु लाई आवश्यक कारवाहीको लागी प्रहरी बृत्त किर्तिपुर पठाईएको प्रहरी कार्यालय फर्पिङले जनाएको छ।