Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाली फुटबल टिमको प्रशिक्षकमा 'अब्दुल्लाह अलमुताइरी'

काठमाडौँ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष)को  मुख्य प्रशिक्षकमा कुवेती अब्दुल्लाह अलमुताइरीलाई नियुक्त गरेको छ।

उनलाई टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको एन्फाले जनाएको छ।

आगामी जुन महिनामा हुने विश्वकप छनोटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसीपमा अब्दुल्लाहले नेपाली टिम सम्हाल्ने छन् ।

एन्फाका अनुसार अब्दुल्लाहलाई एक वर्षका लागि नियुक्त गरिएको छ ।

उनले यसअघि कतार, किर्गिस्तान, साउदी अरेबिया र कुवेतका विभिन्न टिमको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077