Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पौडेलले ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि देउवा समूहमा हंगामा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेपछि सभापति शेरवहादुर देउवा समूहमा हंगामा मच्चिएको छ।

देउवा निकट स्रोतका अनुसार कांग्रेस नेता पौडेलले ओलीलाई हटाउने सर्तमा जसपालाई प्रधानमन्त्री बनाउन सकिने आश्वासन दिएका थिए । जुन कुराले देउवा ससंकित बनेका छन्।

आइतबार ललितपुरको हात्तिवनस्थित ठाकुरको निवासमा पुगेर पौडेलले भेट गरेका थिए । भेटमा नयाँ सरकार र केपी ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा कुराकानी भएको एक नेताले जनाएका छन् ।

जसपाका अध्यक्ष ठाकुरले सरकारको नेतृत्व लिन आफू तयारी अवस्थामा बसेको भन्दै सधैँ अरु दलहरूलाई मात्रै सहयोग गरेर जान नसकिने जवाफ पौडेललाई दिएका छन् ।

ठाकुर निकट जसपाका नेता डा सुरेन्द्र झाले पौडेलले नयाँ सरकार निर्माणको विषयमा कुराकानी गरेको मिडियाहरुलाई जानकारी दिएका छन् ।

पौडेलले शेरबहादुर देउवाबाहेक अर्को व्यक्तिलाई पनि काँग्रेसले प्रधानमन्त्री प्रस्ताव गर्न सक्ने धारणा राखेको झाले बताए ।

ठाकुर अहिले अहिले सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन् । ठाकुरसँग अहिले ओली, काँग्रेस र माओवादी केन्द्रले सत्ता समीकरणमा साझेदारीको प्रस्ताव गरेपनि उनी ओलीसँग निकट देखिएका छन् ।

सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली काँग्रेसले जसपालाई आ–आफ्नो कित्तामा उभ्याउन वार्ता गरिरहेका छन् । माओवादी केन्द्रले पनि ठाकुरसँग संवाद जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077