Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त ४ बर्षपछि पक्राउ

पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले ४ बर्षपछि जबरजस्ती करणी मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा जिल्ला सखुवाप्रसौनी -४ बस्ने ३५ बर्षीय मुख्तार मियाँ अन्सारी रहेका छन्।

पक्राउ परेका अन्सारीले मिति २०७४।०७।१२ गते सोही ठेगाना बस्ने अन्सारी मियाँलाई ऊखु बारीमामा लगी सामूहिक जबरजस्ती करणी गरी फरार भएका थिए।

यसैबीच उनलाई सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा जिल्ला पर्सा बीरगञ्जले भारतीय प्रहरीसंगको समन्वयमा उनलाई पक्राउ गरेको जनाएको छ।

साथै, उक्त घट्नामा सलंग्न हरु मध्येका जिल्ला पर्सा सखुवाप्रसौनी गा.पा.वडा नं.४ बस्ने बर्ष ३५ को अंसारी मियाँलाई खोजी कार्य भईरहेको व्यहोरा समेत जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख ओमप्रकाश खनालले बताए। 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077