Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतमा कोरोनाको आतंक मच्चिएसँगै दिल्लीमा रात्रिकालीन कर्फ्यु

एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि रोकथामका लागि रात्रिकालीन कर्फ्यु जारी गरिएको छ ।

दिल्लीको राज्य सरकारले आजदेखि लागू हुने गरी आगामी ३० अप्रिलसम्मका लागि कफ्र्यु लगाउने निर्णय गरेको हो ।

कर्फ्यु राति १० बजेदेखि बिहान ५ पाँचबजेसम्म हुने भारतीय समाचार माध्यमहरुले जनाएका छन्।

भारतको दिल्लीलगायत प्रमुख सहरहरुमा पछिल्लो केही सातायता संक्रमण तीव्र बन्दै गएको छ ।

दिल्लीमा सोमबार मात्र ३ हजार ५४८ संक्रमित थपिएका थिए भने १५ जनाको संक्रमणका कारण ज्यान गएको थियो।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार देशभर ९६ हजार ९८२ मा संक्रमण पुष्टि भएको थियो ।

पछिल्ला दिनहरुमा भारतमा १ लाखभन्दा बढी नयाँ संक्रमितहरु दिनहुँ थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077