Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोरोना संक्रमितको संख्या बढ्दै, पछिल्लो २४ घण्टामा २६० थपिए

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर  २६० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४७०  पुगेको छ ।

यस्तै, बितेको २४ घण्टामा ११३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ७३ हजार ४५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मंगलबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको शुन्य रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ०३६ रहेको  छ ।

आज ४ हजार २ सय ४३ जनाको पिसिआर परिक्षण गरिएको थियो।

यस्तै, हिजो नेपालमा २६६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077