Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धादिङ जिप दुर्घटना : १ को मृत्यु, १३ जना घाइते

धादिङ। जिल्लाको उत्तरी क्षेत्रमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएका छन् ।

आज दिउँसो जिल्ला सदरमुकाम धादिङ बेंसीबाट रुविभ्याली बोराङतर्फ जाँदै गरेको ग १ ज ६२७० नम्म्बरको जिप डुन्डुरे भन्ने ठाउँमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको हो।

मृत्यु हुनेमा रुवीभ्याली ६ माकपुर गाउँ निवासी २४ वर्षीय अनिल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले जानकारी दिए।

प्रहरी प्रमुख एसपी खड्काका अनुसार घाइतेहरु अबस्था सामान्य नै रहेको र जिप चालक देउबहादुर तामाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077