Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारको उर्दी दुई दिनमै खारेज ! रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द नहुने

काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न र गराउन जारी गरेको सूचना (उर्दी) खारेज भएको छ।

गत बुधबार कोरोना संक्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको पालना गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसायलाई बन्द गराउन सूचना जारि गरेको थियो।

व्यवसाय बन्द गराउने निर्णय स्वास्थ्य मन्त्रालयको नभएको भन्दै सरकारी अधिकारीहरुले मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने भन्दै आएका थिए।

मन्त्रालयले जारी गरेको १० बुँदे सूचनाको ७ नम्बर बुँदामा रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न गराउन अनुरोध गरिएको थियो।

उक्त सूचनालाई लिएर पर्यटन क्षेत्रमा बुधबारदेखि नै हल्लीखल्ली मच्चिएको थियो ।

मन्त्रालयको सूचनालाई मध्ये नजर गर्दै बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृहमन्त्रालयका सचिव, सहसचिवसहित उपत्यकाका तीनवटै जिल्लाका सीडीओ र पर्यटन बोर्डका सीईओ समेतको आकस्मिक बैठक बसेको थियो।

बिहीबारको आकस्मिक बैठकले स्वास्थ्य मन्त्रालयको सो सूचना बाध्यकारी नभएको ठहर गर्दै मन्त्रीपरिषदको निर्णय नभएको भन्दै प्रशासनले रात्रिकालीन व्यवसायमा लगाइने भनिएको प्रतिवन्ध फुकुवा गरेको हो ।

स्वास्थ्य मन्त्रालयको सूचनाले पर्यटन व्यवसायीहरु असन्तुष्ट बन्दै नयाँ वर्षको मुखमा व्यवसाय बन्द गराउने सूचना मान्य नहुने भन्दै आक्रोश ब्यक्त गरेका थिए ।

 यस्तो थियो मन्त्रालयले जारी गरेको सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077