Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२५ जनाभन्दा बढीको भेला रोक्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी जम्मा हुन रोक लगाउन सरकार समक्ष सिफारिस गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजै बस्ने बैठकले यसबारे निर्णय गर्न सक्ने छ ।

मन्त्रालयले कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै स्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी जम्मा हुन रोक लगाउनुपर्ने निष्कर्ष निकाल्दै सिफारिस गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार छिमेकी देश भारत कोरोना हटस्पट बनेसँगै त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने भएकाले त्यहीअनुसारको निर्णय गरेको हो।

यदि आजको सिफारिस कार्यान्वयन भएमा शैक्षिक संस्थाहरुलगायत चाडपर्व, मेला, जात्राहरु प्रभावित हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077