Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बालुवाटारमा ककटेल पार्टी हुँदा जसपालाई भने ललिपप !

काठमाडौँ। पछिल्लो समय संसदमा सांसद्हरुले कविता सुनाउने लहर नै चलेको छ ।

यसअघिका अघिल्लो बैठकमा एमालेका सांसद शान्ता चौधरी र महेश बस्नेतले कविता सुनाएका थिए ।

यसैबीच आजको बैठकमा सांसद् इन्दुकुमारी शर्मा शर्माले पनि कविता वाचन गरेकी छन् ।

उनको कविता जस्ताको तस्तै :

बालुवाटारबाटै विकासको मूल फुटेको सुनेर मेरो पनि आज जोश जाग्यो
संसद्मा कविता वाचन सुनेर मलाई पनि कविता भन्न मन लाग्यो ।
जनताको भोटले दुई तिहाइको सरकार बनाए
सनकको भरमा संसद् विघटन गराए
मै हुँ संविधान, मै हुँ कानुन, मै हुँ राज्य भन्दैछन्
अझै पनि संसद् विघटन गर्ने दाउपेच बुन्दैछन्
संसद् विघटन ठीक हो भन्नेहरु लाभको पद कहिले पाइन्छ भन्दै दिन गन्नेहरू
सर्वोच्चले संसद् विघटनको निर्णय उल्टाइ दिएको छ
संविधान र कानुनका पानाहरू पल्टाइ दिएको छ
बुझेर पनि बुझ पचाएका छन्, जनतालाई सित्तैमा सताएका छन्
नैतिकताको खडेरी परेको छ, इमान धरम मरेको छ
सत्ता टिकाउन जसपालाई ललिपप देखाउँदैछन्
झूटा आश्वासन दिइ फेरि मधेशीलाई फसाउँदैछन्
विश्वासको मत लिने ठाउँमा अझै नाटक गर्दैछन्
संसद्लाई बिजनेस नदिएर भ्रमको खेती छर्दैछन्
बालुवाटारमा ककटेल पार्टी गर्दै हामी कसरी नाच्न सक्छौँ
सारा जनता रोइरहँदा हामी कसरी हाँस्न सक्छौँ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077