Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

'धरहरालाई देखाएर डण्डीको, मेलम्चीलाई देखाएर पेट्रोलको, समृद्धिलाई देखाएर नुनको भाउ बढाईयो'

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसद् गजेन्द्रबहादुर महतले सरकारप्रति तिखो व्यङ्ग्य प्रहार गरेका छन्।

बैठकमा बोल्दै सांसद महतले सरकारले विभिन्न बाहनामा भुलाएर जनतालाई ढाड सेक्ने काम गरिरहेको आरोप लगाए।

‘मेलम्चीलाई देखाएर पेट्रोल र डिजेलको भाउ बढेको छ, धरहरालाई देखाएर रड र सिमेन्टको भाउ बढेको छ, विकास र समृद्धि देखाएर नुन, तेल चामल र दालको मूल्य बढाएर जनताको ढाड सेकिएको छ,' संसदमा उनले भने।

त्यस्तै ,पार्टीभित्रको झगडा देखाएर संसद्को ढाड नै भाँचेको भन्दै सांसद महतले कोरोना देखाएर जनतालाई ऋणमा डुबाएको बताए । गत शुक्रबार राष्ट्रपतिद्वारा बितवरण गरिएको शिल्डमा चुच्चे नक्सा गायव पारिएको भन्दै उनले भने, 'राष्ट्रवाद देखाएर चुच्चे नक्सा पनि गायब ?'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077