Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रास्कोट अस्पताल आजदेखि संचालनमा

    रास्कोट अस्पताल आजदेखि संचालनमा

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 3.5K
    SHARES

    कालिकोट । संचारकर्मी  रवि लामिछानेसहितको पहलमा जिल्लाको रास्कोटमा निर्माण गरिएको अस्पताल आजदेखि संचालनमा आएको छ।

    अस्पताल भवन हस्तान्तरण तथा सेवा शुभारम्भ कार्यक्रमका लागि लामिछाने यतिबेला रास्कोटमा छन् ।



    लामिछानेका अनुसार अस्पतालले पूर्ण रूपमा नयाँ भवनबाट सेवा सुरू गरेको छ।



    ‘अस्पताल १५ शय्या क्षमताको हो, आकस्मिक कक्षमा पाँच शय्या छ,  यहाँ एमबिबिएस गरेका चिकित्सक रहन्छन्’, लामिछानेले भने।

    अस्पताल निर्माणका लागि स्वदेश तथा विदेशबाट सहयोग गर्ने सबैलाई  धन्यवाद दिँदै  लामिछानेले कालिकोटबासीले उत्कृष्ट स्वास्थ सेवा पाउनेमा ढुक्क रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार