Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भारतीय नागरिकले नेपालमा चिनियाँ खोप लगाउँदै

    भारतीय नागरिकले नेपालमा चिनियाँ खोप लगाउँदै

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 2K
    SHARES

    काठमाडौं । भारतीय नागरिक चिनियाँ खोप लगाउन नेपाल आउने गरेका छन् । उनीहरु भारतको विभिन्न ठाउँबाट काठमाडौँ आएर चिनियाँ खोप लगाउन थालेको पाइएको छ ।

    भारतमा चिनियाँ खोप उपलब्ध छैन । चीनले आफ्नो खोप नलगाएका विदेशी नागरिकलाई चिन प्रवेशको अनुमती दिएको छैन । त्यसैले चीनबाट सामान आयात गर्ने भारतीय व्यापारी खोप लगाउन नेपाल आउन थालेका हुन् ।



    मंगलबार २० भारतीय व्यापारीले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग केन्द्रमा चिनियाँ भेरोसेल खोप लगाएका छन् । बुधबार भने भारतीय नागरिकलाई खोप लगाउन अस्पतालले मानेन ।



    ‘चीनमा व्यापार गरेको कार्डका आधारमा हामीले उनीहरुलाई खोप लगाइदियौं । पछि उनीहरु भारतबाट खोप लगाउन मात्रै नेपाल आएको पुष्टि भयो’, टेकु अस्पतालका एक चिकित्सकले भने, ‘यसरी टेकु अस्पतालमा मात्रै होइन, काठमाडौंका अन्य र काठमाडौं बाहिरका खोप केन्द्रमा पनि ठूलो संख्यामा भारतीय व्यापारीले खोप लगाएको पाइएको छ।’

    विवादपछि अस्पताल प्रशासनले बुधबार खोप सेवा बन्द गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार