Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बालुवाटारले आफ्ना नेताहरुलाई ट्रयापमा पारेको प्रचण्डको टिप्पणी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्ना नेताहरु पार्टी परित्याग गरेर सरकार र एमालेमा लागेको बिषयमा अनौठो टिप्पणी गरेका छन्।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्ना नेताहरु पार्टी परित्याग गरि सत्तापक्षसँग साँठगाँठ गरेकोमा टिप्पणी गर्दै भने, 'बालुवाटारमा कस्तो टेप रहेछ कुन्नी ! त्यहाँ पुगेपछि नेताहरुलाई टाँसीहाल्छ।'

एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, 'कतिपय नेताहरु वैचारिक विचलन र स्वार्थका कारण सत्तासँग टाँसिने र कतिपय भने बाध्यताका कारण त्यहाँ पुगेको बताउँदै उनले भने, 'कतिपय नेतालाई बालुवाटारले ट्रयापमा पार्ने गरेको छ।’

पछिल्लो समय माओवादी केन्द्रका गृहमन्त्री रामबहादुर थापासहित अन्य चारमन्त्रीहरुले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेसँगै प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077