Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतबाट फर्किएपछि पत्रकार मिश्रको कोभिडका कारण मृत्यु

झापा। कोरोना सङ्क्रमणका कारण पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ ।

उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो ।

विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किएलगत्तै बिरामी परेका उनीमा स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको गए राति मृत्यु भएको हो ।

उनी विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए । -रासस

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077