Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयले भन्यो - कोरोना रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र होटलमा बास दिनु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र होटलमा बास दिन होटल व्यवसायीलाई आग्रह गरेको छ।

आज मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले एक बिज्ञप्ति जारि गर्दै विभिन्न देशबाट आई नेपालका होटलमा बस्न चाहने विदेशीले आफूमा कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने बताईएको छ।

मन्त्रालयले होटलमा बसोबास गर्ने विदेशी नागरिकको गेष्ट रजिस्ट्रेसन सिस्टम चुस्त दुरुस्त राख्न पनि आग्रह गरेको छ ।

पछिल्लो समय कोरोना संक्रमण दर एकाएक बढ्न थालेपछि सरकारले विस्तारै भीडभाड हुने क्षेत्रहरूमा कडाइ गर्न थालेको हो ।

यस्तै, मन्त्रालयले १४ वटा जिल्लाहरुलाई अति प्रभावित भएको जानकारी दिएको छ। अतिप्रभावित जिल्लाहरू काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, कैलाली, दाङ, सुर्खेत, बारा र बाग्लुङका जिल्लाहरूमा भीडभाड भएकाले सुरक्षा अपनाउन अनुरोध गरेको हो।

पछिल्लो २४ घण्टामा देशभर सङ्क्रमित हुनेको सङ्ख्या दैनिक ५ सय नाघेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077