Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वैशाख मसान्तसम्म डान्स क्लब,सिनेमा हललगायतका यी क्षेत्रहरु पनि बन्द हुने

काठमाडौं । नयाँ भेरियन्टको  कोरोना संक्रमणले जोखिम बढेको भन्दै मन्त्रिपरिषदको आज बसेको  बैठकले २०७८ वैशाख मसान्तसम्म शहरी क्षेत्रका सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने लगायतका अन्य महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ, सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न कठिन हुने भएकाले वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै रोकथामका लागि बिभिन्न सुझावहरु दिएको थियो।

सरकारले  सीसीएमसी बैठकको सिफारिसअनुसार नै सो निर्णय गरेको ती मन्त्रीको भनाइ छ ।

धार्मिक स्थल लगायतका भेलामा समेत २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077