Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • धरहरामा तीन सय ३० किलोको गजुर

    धरहरामा तीन सय ३० किलोको गजुर

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा बुधवार गजुर राखिएको छ ।

    नेपाली सेनाले विगुल फुकी, मङ्गल धुन र स्वस्तिक वाचनसहित शुभ साइतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको हो ।



    यो गजुर तीन सय ३० किलोको हो । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए ।



    धरहराको टुप्पामा तीन सय ३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ । त्यसमा ९५ तोला तीन लाल सुन छ । टुप्पामा गजुर राख्नुअघि २१ तलामा प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले शिवलिङ्ग प्रतिस्थापन गरी र नयाँ गजुरको पूजा गरेका थिए ।

    अहिले ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने तयारीस्वरूप अहिले रङ्ग लगाइएको हो ।

    वैशाख ११ गते ११ः०० बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी छ । भूकम्पले भत्काएको संरचना पुनर्निर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आउँदो मङ्सिरसम्मको समय कुर्नुपर्नेछ ।

    विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनर्निर्माणको कामले गति लिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार