Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा

काठमाडौँ।  नेपाली युवा खेलाडी कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा पर्न सफल भएका छन् ।

रुपन्देहीका २४ वर्षीय भुर्तेलले काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा लगातार तीन खेलमा तीन अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएपछि उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी०ले बरियातामा समावेश गरेको हो ।

भुर्तेल टी–२० को नयाँ बरियतामा शीर्ष १०० खेलाडीको सूचीमा परेका छन् । उनी ९३ औँ स्थानमा रहेका छन् ।

भुर्तेल सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समेत पर्न सफल भएका छन् । उनले तीन खेलमा एक सय ८५ रन बनाएका छन् ।

भुर्तेलले नदेरल्याण्ड्ससितको खेलमा दुई तथा मलेसियासितको खेलमा एउटा अद्र्धशतक बनाएका थिए ।

नेदरल्याण्ड्ससितको पहिलो खेलमा भुर्तेलले ६२ रन, मलेसियासितको खेलमा ६१ रन तथा नेदरल्याण्ड्ससितको खेलमा ६२ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077