Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माओवादीले थापापछि खड्कालाई पनि राष्ट्रिय सभा सदस्यबाट हटायो (पत्रसहित)

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले राष्ट्रिय सभाका अर्का सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । माओवादीले यसअघि पनि रामबहादुर थापालाई पार्टी परित्याग गरेपछि राष्ट्रिय सभाको सदस्यबाट हटाएको थियो।

माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा खड्काले पार्टी परित्याग गरेको सूचना दर्ता गरेर हटेको जानकारी दिएको हो। राष्ट्रिय सभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र संसद सचिवालयमा जानकारी गराएको जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खड्काले पार्टी परित्याग गरेकाले उनलाई राष्ट्रिय सभाबाट हटाउनका लागि पार्टीका नेता दीनानाथ शर्मालाई पत्र लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077