Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पूर्वरानी कोमल आइसियूमा

    पूर्वरानी कोमल आइसियूमा

    अनलाइन नेपाल
  • बिहिबार, १६ बैशाख २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको संक्रमण भएर राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको अवस्था बिग्रिएको छ।

    उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि अस्पतालको आइसियूमा भर्ना गरिएको छ।



    पूर्वरानी शाहको उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई धेरै अक्सिजन दिनु परेको छ।
    दुई तीन दिन अघिसम्म प्रतिमिनेट तीन लिटरसम्म अक्सिजन दिए पुग्नेमा हाल प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिनु परेको अस्पतालले जनाएको छ ।



    कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य छ । वैशाख ७ गते पूर्वराजपरिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार